१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँचीको नरपानी क्षेत्रमा किन हुन्छ पटक–पटक सडक दुर्घटना ?



मायादेवी अनलाइन, अघाँखाँची ।
बुधबार अपराह्न अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि हिडेको बस नरपानी क्षेत्रमा दुर्घटना भयो । लु २ ख २१४८ नं. को यात्रुवहाक बस तीन सय मिटर तल अनकन्टार भिरबाट खस्यो । १७ जनाको घटनास्थलमै ज्यान गयो भने दुई जनाको उपचारको क्रममा निधन भयो । दुर्घटनामा १८ जना घाइते भएका छन् । जसमध्ये दुई जना घर फर्किसकेका छन् । बबुधबारको दुर्घटना पछिल्लो ५ वर्ष यताको सबैभन्दा ठूलो र विभत्स रहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

दुर्घटना अपडेट- अर्घाखाँची बस दुर्घटनाः कपिलवस्तुका दुईसहित मृतक १९ जनाकै सनाखत

यस्तो छ नरपानी क्षेत्रमा सवारी दुर्घटनाको स्थिती

नरपानी क्षेत्रमा यसअघि थुप्रैले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् । यसअघि २०७१ साल वैशाख १७ गते बस र ट्रक ठक्कर खाँदा पनि १९ जनाको मृत्यु भएको थियो । ४५ जना घाइते भएका थिए ।
यस्तै २०६९ साउन ७ मा नरपानीको दहखोलाको चिप्लो मोडमा बस दुर्घटना हुँदा १७ जनाको मृत्युको भएको थियो । २०६९ श्रावण ८ गते नरपानी दहखोलामा फोर्स जिप दुर्घटना १५ जनाको मृत्यु भएको थियो ।
२०७० पुस २२ गते फुद्बांग बजार नजिकै बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । २०७० पौष १६ गते ट्याक्टर दुर्घटना हुँदा नरपानी ५ जगतामा, हरि बहादुर खड्काको मृत्यु भएको थियो ।
२०७२ साल फाल्गुन ३ गते नरपानी नजिक खाँचीकोटको बाघमारामा कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
२०७२ साल फाल्गुन २२ गते नरपानीको रातामाटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने २०७४ कार्तिक ६ गते नरपानी मुनी ढाडखोला नजिकै जीप दुर्घटना हुँदा १ जनाको मृत्यु र ८ जना घाइते भएका थिए ।
२०७६ साल असौज २० गते स्कारर्पियो जिप नरपानीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने २०७६ कार्तिक २० गते नरपानीको दहखोलामा कार दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको थियो ।

किन हुन्छ यस स्थानमा सधै दुर्घटना

नरपानी–घुम्ती सडकखण्ड अनकान्टार भीर भएको सडक हो । हुन त अर्घाखाँचीको सडक त्यति सजिलो छैन् । नरपानी–घुम्ती भन्दा बढी भीर र खतरनाक सडक सुपादेउराली आसपासमा छ । तर, नरपानी–घुम्ती क्षेत्रमा किन हुन्छ पटक पटक सवारी दुर्घटना प्रश्न आफैमा पेचिलो छ । पारिलो क्षेत्र भएको यस सडकखण्डमा यात्रा गर्दा चैत्र–बैशाख महिनामा पनि चिसो महसुश हुन्छ । कुनै कुनै स्थान सल्लाघारीले घेरिए पनि अधिकांश स्थानमा साना साना रुखका पोथ्रा मात्र छन् । साघुँरो बाटो, दजनौं घुम्ति, आसपास पोथ्रै–पोथ्राले घेरिएको जंगल । यस सडकको चित्र हो । पारिलो भूमि भएको कारण यस स्थानमा ठूला ठूला रुख हुर्किन पाएका छैनन् । ठूला ठूला रुख भएको भए दुर्घटना भई हालेपनि रोक्न सक्ने सामथ्र्य हुन्थ्यो तर यहाँ त्यस्तो छैन् ।
दर्जनौं दुर्घटना भएपछि यो सडक फराकिलो बनाउने अभियान शुरु भएको छ । मंगलबारबाट अहिले यो सडकको मोड काट्ने काम सुचारु भएको छ । सडक मर्मतसंगै यो सडक आशिंका बन्द गरिएको छ । १० दिनसम्म यो सडक आशिंक रुपमा बन्द भएको छ ।

सम्बन्धित समाचारहरुः

अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना ३ जनाको मृत्यु, ५ घाइते

नरपानी बस दुर्घटनाका अपडेट समाचारहरुः

अर्घाखाँचीको नरपानीमा यात्रुवाहक बस दुर्घटना

अर्घाखाँची बस दुर्घटना अपडेटः १० जनाको मृत्यु

अर्घाखाँची बस दुर्घटना (अपडेट) ज्यान गुमाउनेको संख्या १५ पुग्यो

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतकको संख्या १७ पुग्यो

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, (नामावलीसहित)

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतकको संख्या १९ पुग्यो (नामावलीसहित)

नरपानी बस दुर्घटनाः विहानै देखि उद्धारमा सुरक्षाकर्मी

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतक १९ मध्ये १० जनाको सनाखत

अर्घाखाँची बस दुर्घटनाः मृतक ११ जनाको पहिचान खुल्यो, घाइतेको पनि विवरणसहित

अर्घाखाँची बस दुर्घटनाः कपिलवस्तुका दुईसहित मृतक १९ जनाकै सनाखत

बस दुर्घटनाका फिचर समाचारः

अर्घाखाँची बस दुर्घटनाः गाडी साहुले चालकलाई ‘छिटो जानु छ’ भन्दै गाडी हाक्न भनेका थिए

अर्घाखाँची बस दुर्घटनाः तीन नाबालक जो दुर्घटनाबाट बचे, ३ महिनाका नाबालक अझै वेपत्ता

बस दुर्घटना पछि के भन्छन् सांसदः

सडककै कारण ठूलो दुर्घटना भोग्यौः रामजी घिमिरे (अन्तर्वार्ता)

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  ९ : ०७ बजे