कपिलबस्तु। अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको समग्र विकासमा सरोकारवाला निकायहरूको विशेष चासो देखिएको छ। काठमाण्डौमा सम्पन्न सरोकारवालाको छलफलमा छत्रदेव गाउँपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सडक, यातायात, विद्युत, खानेपानी, सिंचाई लगाएतका विषयमा चासो दिएका हुन् । छलफलमा पालिकाका पदाधिकारी, कर्मचारी तथा सरकारी निकायका उच्च अधिकारीकाे सहभागिता रहेको थियो। बैठकमा आधारभूत संरचना निर्माणदेखि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनजस्ता क्षेत्रहरूको…