मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीमा बुधबार अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुने १९ जनाकै सनाखत भएको छ । बुधबार अपराह्न यात्रुवहाक बस दुर्घटना भएपनि विहीबार दिउँसो मात्र आएर मृतक सबैको सनाखत भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ डिहिडाँडा बस्ने ५६ वर्षीय शिवलाल भट्टराई, सन्धिखर्क नगरपालिका ७ डिहिडाँडाकै १८ वर्षीय माया पुरी, अर्घाखाँची सन्धिखर्क नगरपालिका २ बस्ने ५९ वर्षीय सिता कुमारी सार्की नेपाली, सन्धिखर्क नगरपालिका ७ डिहिडाँडा बस्ने ५४ वर्षीय बलराम भट्टराई, अर्घाखाँची भूमिकास्थान नगरपालिका १० निवासी ५४ वर्षीय छविलाल गैरेको सनाखत भएको हो ।
यस्तै प्रहरीका अनुसार अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ बस्ने ९ वर्षीय मनिका खड्का, अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ बस्ने ५० वर्षीय सिता घिमिरे, भूमिकास्थानकै ५० वर्षीय विष्णुमाया गैरे, भूमिकास्थान नगरपालिका ७ बस्ने ५१ वर्षीय मेघनाथ जैसी भण्डारी, अर्घाखाँची सितगंगा नगरपालिका २ बस्ने १५ वर्षीय मन्जु विक, अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्ँबर ८ बस्ने ४२ वर्षीय कृष्ण बहादुर सुनार, सितगंगा नगरपालिका वडा नम्बर ७ कल्लेरी बस्ने ४८ वर्षीय लोक बहादुर दर्जी, सोही ठाउँ निवासी ५५ वर्षीय हरि बहादुर दर्जी, अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर २ बस्ने ३७ वर्षीय सन्त बहादुर बस्नेतको चौराह अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले पुष्टी गरेको छ । यसैगरी अर्घाखाची भूमिकास्थान नगरपालिका ठूलो डेवा निवासी २२ वर्षीय शैलेस थापाको प्राथामिक उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गुल्मी र कपिलवस्तुका दुई÷दुई जनाको मृत्यु भएको छ । गुल्मी मदाने गाउँपालिका वडा नं. २ घर भई हाल रुपन्देही भैरहवा स्थित गैडहवा ७ बस्ने ३२ वर्षीय बसन्त भन्ने ओम बहादुर थापा (गाडी चालक), गुल्मी धुर्कोट गाउँपालिका २ बस्ने २७ वर्षीय शसस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको छ ।
यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाउँ निवासी २७ वर्षिय सिता बस्नेत र कपिलवस्तुको वाणगंगा नगरपालिका ७ निवासी ३ महिने बालक शोभाखर पोख्रेलको पनि दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा १८ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
१२ मंसिर २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया