मायादेवी अनलाइन, सन्धिखर्क ।
अर्घाखाँचीको नरपानीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ । ११ जना मध्ये एक जना नाबालकको पहिचान खुल्न भने सकेको छैन् । घाइतेको बुटवल र भैरहवाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची दिएको घटनाको पछिल्लो अपडेट यस्तो छ ।
मृतक १० जनाको पहिचानसहित
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने वर्ष ५६ को शिवलाल भट्टराई
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने वर्ष २२ कि माया पुरी
नाम नखुलेको ५÷६ महिनाको बालक
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने वर्ष ५४ को बलराम भट्टराई
जिल्ला कपिलवस्तु चप्परगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत
जिल्ला अर्घाखाँची भु.न.पा.९ बस्ने ठुलोडेवा बस्ने वर्ष २७ को शैलेस थापा । (प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको)
जिल्ला अर्घाखाँची स.न.पा. १० बस्ने छवीलाल गैरे
जिल्ला कपिलवस्तु बस्ने ३५÷३६ वर्ष बसन्त भन्ने ओम बहादुर थापा (चालक)
जिल्ला अर्घाखाँची सितगंगा न.पा.वडा नं.२ बस्ने वर्ष ३८ को सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत) । (सवारी धनी ) (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )
जिल्ला अर्घाखाँची स.न.पा. ७ वस्ने वर्ष ८÷९ कि मोनिका खड्का
जिल्ला गुल्मी धुर्कोट गा.पा.२ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत । (स.प्र.बल २७ नं. गण रुपन्देहीमा कार्यरत )
(मृत्यु हुनेहरुमा अन्य ८ जनाको सनाखत हुन बाँकी, शव जिल्ला अस्पताल सन्धिखर्कमा रहेको छ )
घाईते हुनेहरुको नामावली
चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू –
जिल्ला अर्घाखाँची स.न.पा.५ वाङ्ला बस्ने वर्ष ४२ को विष्णु बहादुर अधिकारी (अनुहार र ढाडमा चोट, अवस्था सामान्य)
जिल्ला अर्घाखाँची स.न.पा. बस्ने वर्ष ६०÷६५ को नन्द बहादुर बि.क.(अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम)
जिल्ला अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष ३ को रिजन कुँवर, खुट्टा र टाउकोमा चोट, अवस्था (मध्यम)
जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ६ खाँचीकोट बस्ने वर्ष १ को गणेश पुरी, टाउकोमा चोट, अवस्था (मध्यम ।
जिल्ला अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष २३ कि सपना कुँवर, गर्धन र टाउकोमा चोट, अवस्था (मध्यम ।
नाम थर वतन नखुलेकि वर्ष २४÷२५ कि टाउकोमा चोट, (अवस्था – सिरियस)
भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु
जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४१ को कृष्ण बि.क., चिउडो र ढाडमा चोट (अवस्था – सिरियस)
जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ३५ को विष्णु बि.क., दाहिने खुट्टा भाचिएको
प्रतिक्रिया