मायादेवी अनलाइन, कृष्णनगर ।
कार्तिक १३ गते बुधबार कृष्णनगर तनावग्रस्त बन्यो । लक्ष्मी र गशेण पूजाको मूर्ती विसर्जनका क्रममा स्थानीय हिन्दु र मुस्लिम समुदाय बीच विवाद बढ्दै जादा कृष्णनगर तनावग्रस्त बनेको हो । दुवै पक्षबीच वादविवाद बढेपछि प्रशासनलाई विवाद मिलाउन हम्मे हम्मे जस्तै भयो ।
बुधबार रातभर विवाद मिलाउन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरिक्षक दीप शमशेर जवरा लगायत जिल्लाका उच्च तहका सरकारी अधिकारी र स्थानीय हिन्दु, मुस्लिम समुदायका अगुवा, उद्योगी व्यापारी बीच पटक पटक वार्ता भए । तर, वार्ताले कुनै निकास निकाल्न सकेन् । अन्तत्वगोत्वा विहीबार विहान ११ बजे जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा कफर्यु जारी गर्यो । कफर्यु जारी गरे लगत्तै कफर्यु उल्लङ्घन गर्दा स्थानीय सुरज कुमार पाण्डेयको प्रहरीको गाली लागेर ज्यान गयो । यद्यपि कृष्णनगरका हिन्दु समर्थकहरुले पाण्डेयको मृत्यु प्रहरीको ज्यादतीले भएको दाबी गर्दै आएका छन् ।
कृष्णनगरमा विवाद बढ्दै जादा त्यस क्षेत्रका नेता तथा तीन पटक देखि सांसद बन्दै आएका अभिषेक प्रताप शाह लुकेको विशेष स्रोत बताउँछ । शाह कृष्णनगरमा गनिएका नेतामा पर्छन् । हिन्दु र मुस्लिम समुदाय बीच तनावको स्थिती सिर्जना हुँदा जनप्रतिनिधि र सामाजिक अगुवा भएको नाताले सांसद शाहले पहल गर्नुपर्ने बेला एक पटक पनि उनी नदेखिएको भन्दै उनको आलोचना भएको छ ।
स्थानीय प्रशासन विवाद मिलाउन मरिमेटि लागेपनि सांसद शाहको भूमिका गौण भएको हो । विशेष स्रोत भन्छ, “सांसद शाह अच्चमका नेता रहेछन्, त्यति ठूलो विवाद भयो तर उनको उपस्थिती एक पटक पनि हुन सकेन् ।” सांसद शाहले विवादलाई तत्काल समाधान गर्न सक्ने सामथ्र्य भएपनि उनीले चासो नदिएको स्रोतको दाबी छ । एक जना उच्च तहका व्यक्तिले भने, “सांसद शाहको भूमिका गौण हुनुको रहस्य ठूलै देखियो ।” उनलाई पटक पटक वार्ता मिलाउन आग्रह गरेपनि वास्ता नलिएको ती व्यक्तिले भने । उनले कहिले मोबाइल अफ गर्ने त कहिले घर भन्दा बाहिर छु भन्ने गरेको ती व्यक्तिले सुनाए ।
विहीबार विहान ११ बजेदेखि कफर्यु लगाए पनि प्रशासनले निरन्तर वार्ताको पहल गर्दै आएको थियो । प्रशासनबाट वार्ताको पहल भएपनि ठोस निर्णय हुन नसक्दा स्थिती असामान्य बनेको थियो । यद्यपि मध्यरात २ बजे प्रशासन र स्थानीय बीच १० बुँदे सहमती भएको थियो । सहमतीमा मूर्ती विर्सजन गर्न अवरोध सिर्जना गर्ने जमाल खाँलाई कानुन अनुसार कार्रबाही गर्ने देखि मृतक पाण्डेलाई क्षतीपूर्तीको लागि नेपाल सरकारलाई सिफारिस गर्ने रहेको छ । यस्तै प्रहरीले दमन गरे नगरेको छानबिन गरिने पनि बुँदामा उल्लेख छ ।
कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गरिने भएको छ । सहमती भएपनि शुक्रबार दिनभर कफर्यु हटेको थिएन ।
तर कृष्णनगर निवासी प्रतिनिधिसभा सदस्य शाह शुक्रबार विहान काठमाडौं हिडेको विशेष स्रोत बताउँछ । विहीबार रातीको वार्तामा पनि उनको कुनै संलग्नता देखिएको थिएन । शुक्रबार विहानै काठमाडौं हिडेका सांसद शाह शनिबार भने एकाएक प्रशंसाका पात्र बनेका छन् । शनिबार गृहमन्त्री राम बहादुर थापा बादललाई भेट गरेका उनले घटना घटाउने जमाल खाँ लगायतलाई कारबाहीको माग गरेका छन् । उनले गृहमन्त्री बादललाई दिएको ज्ञापनपत्रमा प्रशासन र प्रहरीकै कारण सुरज पाण्डेयको ज्यान गएको समेत भनेका छन् ।
यस्तो छ उनले दिएको ज्ञापनपत्र
सांसद शाहले गृहमन्त्रीलाई भेटेकै दिन घटना घटाउन भूमिका खेलेको आरोप खेपेका जमाल खाँ प्रहरीको नियन्त्रण आएका छन् । जमाल प्रहरी नियन्त्रणमा आए पछि सांसद शाहको वाहवाही झनै चुलिएको हो । किनकि उनले तिनै शाहलाई नियन्त्रणमा लिन भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका थिए । तर, जमाल आफै प्रहरी सामु गएको उनका समर्थकहरु दाबी गर्दै आएका छन् । प्रहरीले भने आधिकारीक रुपमा केही भनेको छैन् ।
सांसद शाह अहिले नेपाली कांग्रेसको राजनीति गर्छन् । २०७४ सालको प्रतिनिधिसभामा उनी तत्कालिन संघीय समाजबादी फोरम नेपाल परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरे लगत्तै उनले प्रतिननिधिसभा ३ बाट टिकट पाएका थिए ।
शाह मधेस आन्दोलनमा पनि साम्प्रदायिक दंगा भड्काएको आरोप खेपेका नेता हुन् । मधेसी दलमा हुँदा उनले पहाडीया, मधेसी समुदायको नाममा दन्द्ध चर्काउने गरेका थिए । एउटा कृष्णनगरको सभामा उनले पहाडीयालाई २० किलोमिटर भगाउने विवादाष्पद अभिव्यक्ति दिएर आलोचना खेपेका थिए ।
यति मात्र होइन् उनले चुनावको बेला हिन्दु, मुस्लिम नाममा चुनाव जित्ने गरेको आरोप लाग्ने गरेको छ । अहिले राष्ट्रिय पार्टीमा आएपछि उनका अभिव्यक्ति नरम हुँदै आएपनि बुधबार कृष्णनगरमा घटेको घटना पछि फेरी उनको विगतको कृयाकलापको झल्को दिएको टिप्पणी भएको छ ।
सांसद शाह बेला बेला कृष्णनगर हुने गरेका घटनामा लुक्दै आएका छन् । गत बर्ष दुर्गा मूर्ती विसर्जन गर्ने बेला पनि सांसद शाहको भूमिका गौण जस्तै थियो । त्यति बेला प्रशासन विवाद मिलाउन सफल भएको थियो । तर, यसपालि भने प्रशासन चुकेको छ । कारण स्थानीयको साथ र समर्थन नपाउनु भएको प्रशासनका अगुवा गुनासो गर्छन् ।
कृष्णनगर घटनाका यी समाचार पनि पढ्नुहोस
प्रशासनले लगायो कृष्णनगरमा कर्फयू
कर्फयू तोड्दा कृष्णनगरमा एक जनाको ज्यान गयो
कृष्णनगरमा मारिने व्यक्ति भारतीय नागरिक
कपिलवस्तु घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण
कृष्णनगरमा प्रहरीद्धारा लक्ष्मीको मुर्ति विर्सजन, कर्फ्यू जारी
प्रतिक्रिया