मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगरमा देखिएको विवाद साम्य हुने देखिएको छ । बुधबार साँझ देखि कृष्णनगर तनावग्रस्त थियो । लक्ष्मी पूजाको मूर्ती विसर्जनका बेला स्थानीय हिन्दु र मुस्लिम समुदाय बीच विवाद बढ्दै जादा घटनाले उग्ररुप लिन पुगेको थियो ।
विवाद मिलाउन प्रशासन र त्यहाका सरोकारवाला बीच लामो छलफल भएपनि घटना साम्य हुन नसक्दा विहीबार विहान ११ः०० बजे देखि कफर्यु जारी गरिएको थियो । कफ्र्यु जारी गरेपनि स्थानीय युवाहरुले त्यसको उल्लङ्घन गर्दा एक जना युवाको प्रहरीको गोलो लागेर मृत्यु भएको छ । मृतक सुरज कुमार पाण्डे हुन् ।
दिनभर जसो तनावग्रस्त कृष्णनगरमा वार्ता मार्फत समाधान खोज्न विभिन्न प्रयास भएका थिए । पटक पटकका प्रयास विफल भएपनि प्रशासनले मध्यरातमा १० बुँदे सहमती गरेर घटनालाई मत्थर पार्ने प्रयास गरेको छ । राती नै कडा सुरक्षाका बीच प्रशासनले मूर्ती विसर्जन गरेको छ ।
१० बुँदे सहमतीमा मूर्ती विर्सजन गर्न अवरोध सिर्जना गर्ने जमाल खाँलाई कानुन अनुसार कार्रबाही गर्ने देखि मृतक पाण्डेलाई क्षतीपूर्तीको लागि नेपाल सरकारलाई सिफारिस गर्ने रहेको छ । यस्तै प्रहरीले दमन गरे नगरेको छानबिन गरिने पनि बुँदामा उल्लेख छ ।
कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गरिने भएको छ । विहीबार विहान ११ बजे देखि लगाइएको कफ्र्युलाई घटाउँदै लैजाने तयारी पनि भएको बताइएको छ।
दुवै वक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, कृष्णनगर क्षेत्रका बुद्धिजिवीहरुलाई सहभागीता रहेको थियो ।
अहिले मृतकको सव पोष्ट मार्टमका लागि तौलिहवा पठाइएको छ । मोष्टमार्टमपछि मृतकका परिवारलाई शव जिम्मा लगाइने छ ।
यो पनि पढ्नुहोस
कर्फयू तोड्दा कृष्णनगरमा एक जनाको ज्यान गयो
प्रशासनले लगायो कृष्णनगरमा कर्फयू
कृष्णनगरमा मारिने व्यक्ति भारतीय नागरिक
कपिलवस्तु घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण
कृष्णनगरमा प्रहरीद्धारा लक्ष्मीको मुर्ति विर्सजन, कर्फ्यू जारी
प्रतिक्रिया