मायादेवी अनलाइन, कृष्णनगर ।
लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय समुदायबीच विवाद बढेपछि कृष्णनगरमा कर्फयू लगाइएको छ । बुधबार त्यहाँका हिन्दु समुदायले लक्ष्मी पूजाको मूर्ति विसर्जनको क्रममा झडपको सिर्जना उत्पन्न भएको थियो । कृष्णनगरका सामाजिक अगुवा कृष्ण कुमार गुप्ताका अनुसार हिन्दु समुदायले मूर्ती विसर्जन गर्ने बेला एक जना मुस्लिम समुदायका युवाले रोक्न खोज्दा झडपको स्थिती सिर्जना भएको थियो । सम्भावित झडपको स्थिती नियन्त्रण लिन नसक्दा प्रहरीले बुधबार अश्रुग्यास प्रहार गरेको थियो ।
हिन्दु र मुस्लिम समुदायबीच मनम्टाव बढपछि समझदारी कायम गर्नका लागि थालिएका विभिन्न पहल असफल भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फयू जारी गरेको हो ।
प्रशासनले विहान ११ बजे देखि अर्को आदेश नभएसम्मका लागि कर्फयू जारी गरेको छ । कर्फयू कृष्णनगर भन्सार कार्यालय देखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्व तर्फ ३ सय मिटर क्षेत्रमा कर्फयू जारी गरिएको प्रशासनद्धारा जानकारी दिइएको छ ।
गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कफ्र्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ ।
प्रतिक्रिया