मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको कृष्णनगरमा बिहिबार प्रहरीको गोली लागि मृत्यु हुने सुरजकुमार पाण्डेयको शव आफुन्तले बुझेका छन् । मृतक पाण्डेयको शब पोष्ट मार्टमको प्रकृया पुरा गरी आज परिवारलाई हस्तान्त्रण गरिएको हो । साथै मृतकका परिवारले काजकृया वापतको २५ हजार रुपैया बुझेका छन् । आज तौलिहवामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले मृतकका हजुरबुबा ओमप्रकाश पाण्डेय लाई सो रकम हस्तान्त्रण गर्नुभएको हो । रकम हस्तान्त्रण गर्दै प्रजिअ श्रेष्ठले मृतकका परिवारले क्षतीपूर्ती वापत माग गरेको रकमको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । पाण्डेको बिहिबार प्रहरीको गोली लागि ज्यान गएको थियो । स्थानीय प्रशासनले कर्फ्यु जारी गरेकै सयमा निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागि भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको हो । कृष्णनगरमा लगाईएको कर्फ्यू भने जारी छ ।
वुधबार राति स्थानीयहर्रु यालिसहित तिहारको लक्ष्मीपूजामा पुजिएको लक्ष्मीको मूर्ति सेलाउन कपिलवस्तुको कृष्णनगर स्थित मस्जिदको बाटो भएर जाँदै थिए । त्यही क्रममा कृष्णनगर बजारमा केही मुस्लिम युवाहरुर्ले यालीमाथि अवरोध गर्न खोजे ।
यहि विषयले शुरु भएको विवादले झडपको रुप लियो । हिन्दू–मुस्लिम युवाहरुबीच भएको झडपमा दुबै तर्फका केही युवा र प्रहरी समेत घाइते भए ।
कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार, झडप लम्बिदै जाँदा कर्फ्यु लगाउनु पर्नेसम्मको अवस्था सृजना भयो । ‘कपिलवस्तुमा विगतमा पनि साम्प्रदायिक दंगा, हत्या र आगजनीका रुपमा हिन्दू–मुस्लिमबीच झगडा हुँदै आएकाले प्रहरी प्रशासन निकै चनाखो छ’ प्रहरी उपरीक्षक जबरा भन्नुहुन्छ,‘ साम्प्रदायिकता भड्कन दिंदैनौं ’
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले धार्मिक स्वतन्त्रताको अधिकार सबैलाई हुने भएकाले त्यसको व्यवहारिक अनुभूति दिने कुरामा आफूहरु दृढ रहेको र त्यही अनुसार बातावरण मिलाउने दाबी गर्नुभयो ।
१५ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया