१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कृष्णनगर घटना घटाउने  जमाल शाह पक्राउ



तौलिहवा ।
कृष्णनगर घटना घटाउने मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका शाहलाई कृष्णनगरबाट जिल्ला सदरमुकाम तौलिहवा ल्याईदै गरेको स्रोतले बताएको छ । जमाल शाह पक्राउका बारेमा भने प्रहरीले अझै सार्वजनिक गरिएको छैन । लक्ष्मीपुजाको मुर्ति विर्सजनमा विवाद सृजना गर्ने र झडप सम्मको अवस्था निम्त्याउने मुख्य व्यक्तिको रुपमा जमाल शाह उपर आरोप छ ।
जमाल शाहलाई पक्राउ गरी नियम अनुसारको कडा कारवाही हुनु पर्ने माग सहित सांसद अभिषेक प्रताप शाहले गृहमंत्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए । गृहमंत्री थापाले ज्ञापन पत्र बुझ्दै घटनामा संलग्न रहेका आरोपी शाहलाई पक्राउ गरिने आश्वासन दिएको सांसद अभिषेक प्रताप शाहले बताए । सांसद शाहले कृष्णनगर घटनामा गोली लागी मृत्यु भएका २१ वर्षीय सुरज कुमार पाण्डेको आत्माको चीर शान्तिको कामना गर्दै पिडित परिवारलाई राज्यबाट उचित क्षतिपुर्तिको लागि माग गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७६ शनिबार ००:००  ४ : ३४ बजे