१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मन्त्रीको दबाबमा मिडियाको चरम दुरुपयोग, डिएपी अभाव टार्न अनेक प्रपञ्च !



मायादेवी अनलाइन, वाणगंगा ।
असार १७ गते वाणगंगा नगरपालिकाको नगर सभामा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट मल हिड्यो ५ दिन पछि नेपाल आउँछ भनेर जानकारी गराए ।

यो लिंकमा क्लिक गरेर पुरा पढ्नुहोस ।

कृषि मन्त्री खनाल भन्छन्, ‘भारतबाट मल हिड्यो, ५ दिनमा किसानले पाउँछन्’

धान रोप्ने बेला मलको हाहाकार मच्चिएको बेला गृह जिल्ला कपिलवस्तुकै मन्त्रीले यस्तो कुरा बताए पछि यहाँका किसान खुसी भए । मल आउला र धान रोपौंला भन्ने आशामा किसान बसे । असार २२ गते कृषि मन्त्रीले ५ दिन पछि मल आउछ भन्ने समाचारको फलोअप गर्दै मायादेवी अनलाइनले किसानको भनाई उदृत गर्दै समाचार लेख्यो ।

यो लिंकमा क्लिक गरेर पुरा पढ्नुहोस ।

कृषिमन्त्री खनालप्रति किसानको आक्रोशः हदै भयो–‘कि मल लेऊ, कि राजिनामा देऊ’!
त्यसको एक दिन पछि एक अनलाइन मिडियाले समाचार लेख्यो ‘कपिलवस्तुमा आयो ८ सय मेट्रिक टन मल, मन्त्री बलदेवको प्रतिवद्धता पुरा, मलको अभाव नहुने’ । दुई वटा मिडियाले दुई शिर्षकमा फरक फरक आशयका समाचार प्रकाशन गरेपछि स्वभाविक रुपमा किसान पनि अन्यौलमा परे । तर, यथार्थमा जिल्लामा रासायनिक मल (अनुदानको डिएपी) अभाव थियो ।
८ सय मेट्रिक टन मल कपिलवस्तु भित्त्रियो भन्ने शिर्षकमा समाचार बनाउने मिडियाले असार २४ गते मंगलबार समाचार लेख्दै असार २० गते शुक्रबार मल आएको हो या त्यो भन्दा अघिल्लो शुक्रबार असार १३ गतेको हो त्यो खुलाएको थिएन ।’ यद्यपि असार १३ गते सम्म मलको कुनै चर्चा थिएन ।
मायादेवी अनलाइनले ८ सय मेट्रिक टन कपिलवस्तुमा मल आएको समाचारलाई मंगलबार दिनभर फलोअफ गर्यो । त्यसको लागि कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा, तौलिहवा र साल्ट ट्रेडिङ कर्पोरेशन कृष्णनगरमा फोन गरी मायादेवी अनलाइनको सिंगो टिमले बुज्ने प्रयास गर्यो । फोन गरी बुज्दा आठ सय मेट्रिक टन मल कपिलवस्तुमा नआएको पुष्टि भयो । यति मात्र होइन्, यदी मल आएको हो भने अनुमती लिएका कृषि सहकारीले मल पाउनुपर्ने थियो । यो बारे केही कृषि सहकारीका अध्यक्षलाई टेलिफोन गरी बुज्दा अनुदानको डिएपी १८४६ को अभाव भएको बताए ।
मंगलबार दिनभर यो विषयमा बुझे पनि ८ सय मेट्रिक टन मल आयो भन्ने शिर्षकमा समाचार लेख्ने अनलाइनको डिफेन्स समाचारबाट मायादेवी अनलाइनले गरेन । असार २५ गते बुधबार विहान रेडियो मायादेवीको दैनिक प्रस्तुती समय संवादमा मल अभावबारेमा साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय कृष्णनगरका प्रमुख धिरेन्द्र सिंह श्रेष्ठसंग अन्तर्वार्ता प्रस्तुत गर्यौं ।

यो लिंकमा क्लिक गरेर पुरा पढ्नुहोस र सुन्नुहोस

कपिलवस्तुमा ८ सय मेट्रिक टन मल भित्रियो भन्ने खबर झुटः साल्ट ट्रेडिङ कृष्णनगर प्रमुख श्रेष्ठ (अन्तर्वार्ता)

त्यसैको आधारमा ८ सय मेट्रिक टन मल (डिएपी) गत शुक्रबार नै जिल्लामा आएको भन्ने खबर झुट रहेको बताएपछि त्यही शिर्षकको समाचार प्रकाशन गर्यौं । तर यो अन्तर्वार्तालाई प्रायोजित भनि जवरजस्त श्रेष्ठलाई बोल्न लगाइएको भनेर एक अखबारमा खबर बनेको छ ।
अन्तर्वार्तामा प्रमुख श्रेष्ठले मलको अभाव देशभर भएको र किसानको माग भन्दा निकै कम मल जिल्लामा रहेको बताए । तर, ८ सय मेट्रिक टन मल शुक्रबार (असार २४ गते) आएको भन्ने कुरा भने सरासर झुट भएको उनले अन्तर्वार्ताको क्रममा बताएका थिए ।
यसैगरी मल अभाव शिर्षकको समाचार तयार पार्दा सम्म वास्तविक रुपमा जिल्लामा मल थिएन् । जिल्लामा अनुदानको डिएपी १८४६ मल अहिले पनि उत्तिकै अभाव छ । किसानहरु बाहिरबाट कमसल मल ल्याएर धान रोप्न बाध्य छन् । यो यथार्थ धरातल भन्दा माथि उठेर सिमित व्यक्तिलाई खुसी पार्ने ध्येयले यहाँका केही सञ्चार माध्यम लागि परेको भन्दै किसान थप आक्रोसित भएका हुन् ।
कपिलवस्तु मलकाण्ड पनि त्यसैको एउटा पराकाष्ट हो एक जना किसानले भने– ‘मल छैन् भन्ने थाहा हुँदा हुँदै मल आयो भनेर भ्रम छर्ने मन्त्रीका स्वकिय सचिव सरोज खनालको लगानी भएको मिडियाका सम्पादकलाई कसरी विश्वास गर्ने ?’ जनताले मल पाएनन भनेर समाचार लेख्ने मिडिया कुनै पनि हालतमा गलत हुन सक्दैन उनले प्रतिप्रश्न गरे ।
पछिल्ला दुई दिनमा प्रकाशन भएका समाचारहरुको राम्रोसंग अध्ययन गरेको भन्दै ती किसानले मन्त्री भएको डेढ बर्षसम्म जिल्लाबासीलाई भाषणको ललिपप बाहेक माखो मार्न नसक्ने मन्त्रीको राजीनामा माग गरेर किसानले गल्ती नगरेको बताउँदै आफ्नो राय पनि केही नगर्ने मन्त्रीले राजीनामा दिनु नै बेश हुने बताए ।
त्यस्तै अर्का किसान खिम प्रसाद शर्माले केहीदिन पहिला खेतमा पानीको अभाव थियो, अहिले पानी प्रयाप्त छ, मल छैन्, दुखेसो पोख्दै भने, ‘मल कहाँबाट ल्याउनु, कसरी खेत रोप्नु ।’ मन्त्रीले जसरी पनि समयमा किसानलाई डिएपी सहज रुपमा उपलब्ध गराउनु पथ्र्यो ।
कृषि मन्त्रीको दायित्व किसानलाई मल दिनु हो कि होइन् ? यि र यस्ता प्रश्नको जवाफ नखोजेर चाकडी पत्रकारीतामा लिप्त (कमन नेपाल र बुद्धआवाज सञ्चार गृह) लगायतको हौसियत हामीले राम्रैसंग बुझेका छौं एक किसानले भने यो समाचार पछि थप बुज्ने मौका पायौं ।
‘कृषि मन्त्री खनाल, कि मल लेऊ, कि रानीनामा देऊ’ शिर्षकको समाचार जनताको पीडा र आक्रोससंग जोडिएको छ । मन्त्रीको बदनाम गर्न र अनावश्यक भ्रम सिर्जना गर्न नखोजी जनताका आवाज बोल्दा मन्त्री खनालका आसेपासेले मिडियालाई बदनामी गर्न खोजेको पाइएको छ । यस कारणले यसको डिफेन्स गर्न बाध्य बनेको छ मायादेवी अनलाइन ।
जिल्लामा धान रोपेर सक्ने सिजनमा डिएपीको चरम अभाव छ । यहाँका सम्बन्धित कृषि सहकारीका प्रतिनिधिहरुले पनि मलको चरम अभाव भएको मायादेवी अनलाइनलाई बताएका छन् । मन्त्रीको दबाबमा यहाँका सञ्चार माध्यमले जनतालाई भ्रम छर्ने काम गरेको भन्दै किसानले तीव्र आक्रोस पोखेका छन् । सामान्य किसानको समस्याको सामाचार लिएर तिललाई पहाड बनाउनुमा पत्रकार स्वतन्त्र नभएर मन्त्रीको आड लिएको भन्ने प्रष्ट हुन्छ । होइन् भने स्वतन्त्र पत्रकारले जनताको पीडा र समस्या बुजेर खबर सम्प्रेषण गर्नुपर्छ ।

प्रकाशित मिति : २६ असार २०७६ बिहिबार ००:००  १२ : ०४ बजे