१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

कपिलवस्तुमा ८ सय मेट्रिक टन मल भित्रियो भन्ने खबर झुटः साल्ट ट्रेडिङ कृष्णनगर प्रमुख श्रेष्ठ (अन्तर्वार्ता)



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा शुक्रबार ८ सय मेट्रिक टन मल भित्रियो भन्ने खबर झुट भएको साल्ट ट्रेडिङ कर्पोरेशन कृष्णनगर प्रमुख धीरेन्द्र कुमार श्रेष्ठले बताउनु भएको छ । देशभर रासायनिक मल (डिएपी) को अभाव भइरहेको बेला कपिलवस्तुमा मात्र ८ सय मेट्रिक टन मल आयो भन्नु सरासर गलत खबर भएको भन्दै उहाँले भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।

बुधबार विहान रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुरा गर्दै उहाँले भन्नुभयो–“मल आएको छैन । मल साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवा आएको छ भन्ने खबर छ । तर शुक्रबार नै जिल्लामा आएको छैन । मैले झुटो बोलर के गर्नु ?” उहाले मल वीरगंजमा आइपुगेको भन्दै ढुवानी सहज हुनासाथ कृष्णनगर आउने प्रष्ट्याउनु भएको छ ।
प्रमुख श्रेष्ठले जिल्लामा अहिले दुईतिन लाख बोरा मल चाहिए पनि अहिले आइहाले आठ दश हजार बोरा मात्र मल आउने बताउनुभयो ।

यसअघि एउटा मिडियाले अन्नततः कृषि मन्त्री चक्रपाणी खनालले गरेको प्रतिबद्धता पुरा भयो । एक साता भित्र डिएपी र यूरिया मल किसानले पाउने मन्त्रीको प्रतिबद्धता अनुसार अहिले कपिलवस्तुमा सरकारी अनुदानको मल आइपुगेको छ । कपिलवस्तुमा शुक्रबार मात्रै ८ सय मेट्रिक टन यूरिया तथा डिएपी मल भित्रिएको अपुष्ट खबर प्रकाशन गरेको थियो । यसको खण्डन गर्दै उहाँले मल शुक्रबार नआएको प्रष्ट्याउनु भएको छ ।

बाँकी अडियोमा

प्रकाशित मिति : २५ असार २०७६ बुधबार ००:००  ७ : ४८ बजे