मायादेवी अनलाइन, वाणगंगा ।
संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले मल आयातलाई सहज गराउन खोज्दा खोज्दै असहज हुन पुगेको बताउनुभएको छ । कपिलवस्तु वाणगंगा नगरपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रममा मंगलबार बोल्दै कृषि मन्त्री खनालले मल आयातलाई जिटुजी मार्फत सहज गराउँन खोज्दा खोज्दै भारतीय सरकारका कारण यस बर्ष असहज भएको बताउनुभयो ।
जिटुजीको लागि नेपाल सरकारले भारतीय सरकार समक्ष प्रस्ताव गरेपनि अन्तिम समयमा आएर भारतीय सरकारले त्यसलाई स्विकृती नदिदा अहिले बजारमा मल अभाव भएको उहाँले जिकिर गर्नुभयो । ‘हाम्रै कारण अहिले मल अभाव हुन पुगेको छ म स्विकार गर्छु उहाँले भन्नुभयो, यसो हुनुमा किसानलाई सहज बनाउछु भन्दा फस्नु फसियो ।’
नेपालमा ७ लाख मेट्रिक टन मल चाहिने भएपनि २ लाख ८० हजार मेट्रिक टन मल नेपालमा आउने गरेको बताउनुभयो । ‘नेपालमा ७ लाख मेट्रिक टन मलको आवश्यकता छ तर २ लाख ८० हजार मेट्रिक टन मात्र मल नेपालमा आउँछ उहाँले प्रश्न गर्दै भन्नुभयो, यस्तो अवस्थामा किसानले कसरी मल पाउँछन् ।’ मलको लागि पटक पटक बजेट छुट्याउन भने पनि अर्थ मन्त्रालयले कम बजेट दिदा यसको आपूर्ती कम आएको उहाँको आरोप थियो ।
बजारमा युरियाको अभाव नभएको उहाँको दाबी छ । ‘बजारमा युरिया प्रयाप्त नै छ, तर डिएपीको अभाव छ अब ५ दिन भित्रमा आउँछ तपाईहरु ढुक्क हुनुस उहाँले भन्नुभयो भारतबाट मल हिडिसक्यो ।’
१७ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया