मायादेवी अनलाइन, वाणगंगा ।
पछिल्लो समय वाणगंगा लगायतका स्थानमा भैरहेको विद्युत कटौतीप्रति वाणगंगा नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणी अर्यालले गम्भिर चासो व्यक्त गर्नुभएको छ । चर्कदो गर्मीसंग भैरहेको विद्युत अनियमिताले नगरबासी हैरानीमा परेपछि विद्युत वितरण केन्द्र तौलिहवाको चर्को आलोचना भएको थियो । वाणगंगा क्षेत्रमा विद्युत दिदै आएको तौलिहवा शाखा र उप शाखा गजेहडा प्रति वाणगंगाबासी तीव्र असन्तृष्ट थिए । यस विषयमा मायादेवी अनलाइनले पनि खबरदारी गरेको थियो ।
यो पनि पढ्नुहोस
विद्युत अनियमित हुँदा हैरान सर्वसाधारण, पीडा सुन्ने कोही छ ?
पटक पटक विद्युत अनियमितबारे जानकारी गराउँदा पनि विद्युतका कर्मचारीले अटेरी गरे पछि वाणगंगा नगरपालिकाका उप–प्रमुख अर्यालले विद्युत प्राधिकरण शाखा तौलिहवा र विद्युत वितरण केन्द्र गजेहडाका प्रमुखसंग छलफल गर्नुभएको बताइएको छ ।
छलफलका क्रममा विद्युतका कर्मचारीले विद्युत अनियमित भएको साँचो कुरा भएको स्विकार गरेका थिए । दैनिक विहान साँझ आउने लो भोल्टेज र अनियमित विद्युतको समस्यालाई तत्काल समाधान गर्ने गरी छलफल भएको उप-प्रमुख अर्यालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
दुई पक्षिय छलफल पश्चात साँझ ७ बजे देखि राती १० बजेसम्म यस क्षेत्रका उद्योग बन्द गरेर सर्वसाधारणलाई प्रयाप्त विद्युत दिने सहमती भएको उहाँले बताउनुभयो । वाणगंगा क्षेत्रमा बढी रहेको जनसंख्या बृद्धिले विद्युतको ट्रान्सफर्मर लो हुँदा विद्युत अनियमित भएकोले साँझको बेला उद्योग बन्द गराउने सहमति भएको उहाँको भनाई छ ।
साथै यो समस्या समाधान तत्कालका लागि मात्र भएको र दीर्घकालिन रुपमा समस्या समाधानका लागि उपल्लो निकायसंग पहल गर्ने कुराकानी भएको छ । वाणगंगामा थप विद्युत भोल्टेज बढाउने गरी काम भैरहेको विद्युत प्राधिकरण तौलिहवा शाखाका प्रमुख जयकुमार यादवले बताउनुभएको छ ।
साउन लागेसंगै वाणगंगा क्षेमा विद्युतको चरम लापरबाही बढेको थियो । लो भोल्टेजसंगै आउने विद्युतले थुप्रै विद्युतीय उपकरण विग्रिएको नागरिकहरुले गुनासो गरेका छन् । चर्कदो गर्मीमा विद्युत नहुँदा नागरिक कष्टकर जीवन कटाउन बाध्य भएका थिए ।
यो पनि पढ्नुहोस
वाणगंगामा ‘लो भोल्टेज’, उपभोक्ता हैरानी खेप्न बाध्य ! कहिले होला समाधान ?
प्रतिक्रिया