मायादेवी अनलाइन, वाणगंगा ।
विद्युत अनियमित र लो भोल्टेज हुँदा वाणगंगा क्षेत्रमा उपभोक्ताले हैरानी खेप्न बाध्य छन् । केही दिनदेखि बढेको गर्मी संगै विद्युत आपूर्तीमा पनि समस्या हुँदा उपभोक्तालाई हैरानी परेको हो । विद्युतमा आउने लो भोल्टेजको कारण महत्वपूर्ण उपकरणमा क्षति पुगेको छ । वाणगंगा १ उप्टहवाका कृष्ण प्रसाद पौडेलले अहिलेको विद्युतले आफ्नो फ्रिज नै विग्रिएको गुनासो गर्नुभयो । लो भोल्टेजमा आउने विद्युतले गर्दा फ्रिजमा समस्या आएको पौडेलको भनाई छ । यसैगरी लो भोल्टेजकै कारण पंखा लगायतका महत्वपूर्ण विद्युतीय उपकरणमा पनि समस्या आएको उहाँले बताउनुभयो ।
त्यस्तै लोभोल्टेजका कारण संचार क्षेत्रमा प्रयोग हुने विद्युतीय संचार उपकरण संचालनमा समेत समस्या देखिएको छ । संचार उपकरणका लागि आवश्यक पर्ने विद्युत नियमित र कम भोल्टेजका कारण दैनिक कार्यमा कठिनाई आएको वाणगंगा ४ दरखास्त स्थित मायादेवी मिडिया ग्रप प्रा.लि.ले जनाएको छ । विद्युत आपूर्ती कम भएपछि खानेपानी वितरणमा पनि समस्या देखिएको छ । नगरमा झण्डै आधा दर्जनको संख्यामा खानेपानी ट्यांकी छन् । तर, विद्युतको भोल्टेज कम आउदा पानी तान्न गाह्रो भएको खानेपानी वितरण संस्थाले जनाएका छन् ।
१५ दिन भन्दा बढि हुदा समेत लोभेल्टेजको समस्या जस्ताको त्यस्तै भएपछि विद्युत प्राधिकरणका कर्मचारीले कुनै सुधार नगरेको स्थानीयले बताएका छन् । वाणगंगा क्षेत्रमा हरेक बर्ष लो भोल्टेजको समस्या हुँदै आएको छ । यहि सिजनमा गत बर्ष पनि विद्युतमा समस्या आएको थियो । यसबर्ष पनि उहि पुरानै समस्या दोहोरिएको हो । बढ्दो जनघनत्वको कारण विद्युत आपूर्तीमा समस्या आएको विद्युत प्राधिकरण गजेहडा वितरण शाखाले जनाएको छ ।
हरेक बर्ष जनघनत्वमा बृद्धि भैरहेको भएपनि विद्युतको भोल्टेजमा बृद्धि हुन नसक्दा समस्या आएको कर्मचारीको भनाई छ । यस जितपुर वितरण शाखामा ३२ हजार केभिए भोल्टेज आउनुपर्नेमा जम्मा २६ हजार मात्र आपूर्ती भएकोे वितरण शाखाका प्रमुख कृष्ण पौडेलले बताउनुभयो । यस्तो समस्या विगत दुई हप्ता देखि आएको उहाँको भनाई छ । विद्युतको उपभोग बढि हुँद सिस्टममा समस्या आई विद्युत जाने आउने गरेको कार्यालयको भनाई छ ।
गर्मी सुरु भए संगै उपभोक्ताले बढी विद्युत खपत गर्ने गरेका छन् । त्यसले गर्दा पनि लो भोल्टेजको समस्या देखिने गरेको कार्यालयको दाबी छ ।
यो समस्या देशका धेरैजसो स्थानमा आउने कार्यालयको भनाई छ । पछिल्लो समय वाणगंगा क्षेत्रमा शहरीकरणको प्रभाव पनि बढ्दो छ । यहाँ वित्तिय संघ संस्था खुल्नेक्रम हात्वै बढेको छ । साथै सरकारी कार्यालयको संख्या पनि उलेख्य छ । सबै कार्यलयमा एसि, कुलर अनिवार्य जस्ता छन् । यिनको प्रयोगले गर्दा पनि विद्युत आपूर्ती कम हुन गएको शाखाका प्रमुख कृष्ण पौडेलले बताउनुभयो ।
प्रतिक्रिया