११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अर्घाखाँची दुर्घटना अपडेटः मृतक तीनै जनाको पहिचान खुल्यो



बिष्णु कुमार आले, अर्घाखाँची । 

अर्घाखाँचीमा कार दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालीका २ मुर्गियाका ७० बर्षीय दुर्गा देबी खड्का, सोही ठाँउका ४० बर्षीय तिलक खड्का र ४३ बर्षीय भक्त बहादुर खड्का रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य २ जना घाईते भएका छन् ।

घाईते हुनेमा सोही ठाँउका ४९ बर्षीय गंगा बहादुर खड्का र २८ बर्षीय बिनोद खड्का रहेका छन् । घाईते दुबै जनालाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको सन्धिखर्क नगरपालिका ६ नरपानी नजिकै रूपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको निजि कार सडकबाट झन्डै १ सय ५० मिटर तल खसी दुर्घटनामा परेको हो ।

दुर्घटना भएको जानकारी पाउने बित्तिकै नरपानी प्रहरी, जिल्ला प्रहरी प्रमुख प्रकाश बिष्टको नेतृत्वमा खटिएको १२ जनाको प्रहरी टोली र सयौं जना स्थानीय बासिन्दाले घटनास्थल पुगेर उद्धार गरेका थिए । कारमा ५ जना सवार रहेको प्रहरीले जनाएको छ । सडकको छेउमा गुडेको कारको एक्कासी ब्रेक लगाउदा तल खसेको प्रहरीले जनाएको छ ।

यी समाचार पनि हेर्नुहोस

अर्घाखाँची दुर्घटना अपडेटः ३ जनाको मृत्यु, अझै सनाखत हुन सकेन

अर्घाखाँची कार दुर्घटनामा मृतकको संख्या ३ पुग्यो, कार कपिलवस्तुबाट अर्घाखाँची जाँदै थियो

अर्घाखाँचीको नरपानीमा दुर्घटना, २ जनाको मृत्यु, विवरण आउन बाँकी

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  १२ : ३८ बजे