१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वडा नं. ७ को पक्षमा कांग्रेससहितका वडाबासी, सूर्य बरालनै झुट रहेको ठहर



मायादेवी अनलाइन, वाणगंगा ।
वडाध्यक्षले नागरिकताको सिफारिस नदिएको भन्ने विषय अझै सेलाएको छैन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरीले प्रमाण नपुगेको भन्दै एक व्यक्तिलाई नागरिकताको सिफारिस दिनुभएको थिएन । नागरिकता सिफारिसका लागि वडामा पेश भएका कागजात विवादाष्पद देखिए पछि वडाध्यक्ष गिरीले नागरिकताको सिफारिस रोक्नुभएको थियो ।
रुपन्देहीको सैनामैना नगरपालिका निवासी सूर्य बरालले छोरीको नागरिकताका लागि कपिलवस्तुको वडा नं. ७ मा सिफारिस लिन आउनुभएको थियो । सूर्य बरालले वडामा पेश गरेका कागजात एक आपसमा बाझिने खालका देखिए पछि वडाध्यक्ष गिरीले तत्काल नागरिकता सिफारिस दिन नसकिने बताउनुभएको थियो ।
नागरिकता सिफारिस नपाए पछि बरालले कांग्रेस भएकै कारण वडाध्यक्ष गिरीले आफुलाई नागरिकताको सिफारिस नदिएको भन्दै मिडियामा आउनुभएको थियो ।
यो विषय मिडियामै आए पछि सतहमा विभिन्न टिकाटिप्पणी हुँदै आएका छन् । कार्तिकको पहिलो हप्ता देखि चर्चामा आएको यो विषय अहिलेसम्म सेलाएको छैन् ।
यता वडा नं. ७ का नेपाली कांग्रेसका सभापति सहित बसको भेलाले सूर्य बराल वडाबासी नभएको ठहर गरेको छ । कांग्रेस वडा सभापति, कांग्रेसका वडाध्यक्षका उम्मेद्वार, ८ वटै टोल विकास समितिका अध्यक्ष तथा पदाधिकारी र वडाबासीको एक भेलाले सूर्य बरालले झुटा विवरण पेश गरेको भन्दै नेपाल सरकार समक्ष जानकारी गराउने निर्णय गरेको छ । वडा सचिव कृष्णप्रसाद खनालको टोलीले कोइली बनगाई टोलमा भेला बोलाई सर्जमिन गराएको थियो ।
कार्तिक ६ गते नै भएको सर्जमिनमा सूर्य बरालको वडा नं. ७ मा स्थायी घरबास, जग्गा नभएको, निजको छोरी सुस्मिता बरालको पनि वडा नं. ७ मा जन्म नभएको, वडाभित्र कही कतै कोठा भाडामा लिएर पनि नबसेको, २०७२ सालसम्म मात्र वडा नं. ७ मा बसेको, ततपश्चात आफ्नो घरजग्गा विक्री गरी दिदी सामु मिना पोख्रेललाई पास दिई आफ्नै पुरानै बासस्थान रुपन्देहीको सैनामैना नगरपालिका ११ मा गई बसोबास गर्दै आएको, उक्त स्थानमा घरजग्गा खरिद गरी पत्नि पार्वती घिमिरेको नाममा पास गरेको, सुस्मिता बराल २०६६ सालमा बुवा आमासंग बसाईसरी रुपन्देहीको सालझण्डीमा जन्मिएर उल्लेख छ ।
यता बरालले भने नागरिकता सिफारिस नपाएको भन्दै वाणगंगा नगरपालिकाका नगर र वडा नं. ७ लाई विपक्षि बनाएर जिल्ला अदालतमा मुद्धा हालेको बुझिएको छ ।

यो पनि पढ्नुहोस

वडाध्यक्ष गिरीले सिफारिस नदिएको सुस्मिताको दुई वटा ‘जन्म प्रमाण’, आमाको अविवाहित नागरिकता !

 

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  ६ : ५८ बजे