मायादेवी अनलाइन, वाणगंगा ।
सोमबार राती भएको यात्रुबाहक बस र टाटासुमो दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । घाइतेको अहिले भैरहवा मेडिकल कलेजको आईसियु कक्षमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घाइते हुनेमा टाटासुमो चालक वाणगंगा ८ का ३५ बर्षीय श्याम भट्टराई रहनुभएको छ । यस्तै दुर्घटनाबाट अन्य तीन जना सामान्य घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । सामान्य घाइते हुनेमा टाटासुमो चालकका १० बर्षीय छोरा सुलभ भट्टराई र ७ बर्षीय छोरा सिद्धि भट्टराई रहनुभएको छ । यस्तै छिमेकी श्रीधर जिसी पनि सामान्य घाइते हुनुभएको छ ।
यो पनि पढ्नुहोस
प्युठानको बस र टाटासुमो कपिलवस्तुको चारनम्बरमा ठोक्किए
सोमबार राती पौने ९ बजेको समयमा दुई गाडी एकआपसमा ठोक्किएका हुन् । प्युठानबाट काठमाडौंका लागि छुटेको ना ७ ख २६२ नं. को नमस्ते यातायातको बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु २ त ६९७९ नं. को टाटासुमो ठोक्किएको प्रहरीले जनाएको छ । बसले ओभरटे«क गर्दा टाटासुमोसंग ठोक्किएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया