मायादेवी अनलाइन, वाणगंगा ।
सोमबार दिउँसो सालझण्डी जंगलमा भेटिएको शवको पहिचान भएको छ । सैनामैना नगरपालिका वडा नं. १० को सालझण्डी सामुदायिक बनमा शव भेटिएको थियो । जघन्य हत्या पश्चात भेटिएको शव कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ भगलापुरका २७ बर्षीय चिरिञ्जिवी आचार्यको रहेको प्रहरी जनाएको छ । शव नजिकै मोबाइल पनि भेटिएकोले प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको थियो । आचार्य भेटनरी सञ्चालक भएको पनि बताइएको छ ।
आचार्यलाई हत्या पश्चात जंगलमा फालिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुई जनालाई नियन्त्रणमा लिएर सोधपुस गर्दा साथीले हत्या गरेको बताएका छन् । यद्यपि यी दुई जना पनि हत्यामा संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ । यी दुई जनाले हत्या गरेको भन्ने व्यक्ति अहिले फरार छ । प्रहरीले त्यसको खोजीकार्य तीव्र पारेको छ ।
७ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया