मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नदी किनारमा एक किशोरीको हत्या भएको छ । वाणगंगा नगरपालिका वडा नं. ८ बालापुर भन्ने स्थानमा सुनिता थारुको हत्या भएको हो । बालापुर निवासी २१ बर्षीय थारुको हत्या विभत्स तरिकाबाट भएको छ ।
सुनिता संगै उनका परिवारले राती नौ बजेको समयमा नुहाउन भन्दै वाणगंगा नदीमा लगेका थिए । तर, उनलाई नुहाउने निहुँमा हत्या गरियो । हत्याबारे थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पिपराले श्रीमान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
हत्यास्थलमा अहिले सुरक्षाकर्मी र स्थानीयको बाक्लो भिड लागेको छ । सुनिताको हत्या गरिएको फालिएको शब भएको स्थललाई प्रहरीले छेकेर राखेको छ । त्यसस्थानलाई प्रहरीले कसैलाई जान दिएको छैन ।
थारुको एक बर्ष अघी प्रेम विवाह भएको बताइएको छ । नुहाउन गएकी छोरी राती सम्म घर नफर्किए पछि उनका माइती पक्षका बुवा तुल्सी थारुले विहान साढे ३ बजे प्रहरीलाई जानकारी गराउनुभएको थियो ।
सुनितालाई कुटपिट संगै यातना दिएर हत्या गरिएको छ । विगतका दिनहरुमा पनि घरकी सासु र दिदीले यातना दिदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोछ । अहिले घटनाको बारेमा थप अनुसन्धान जारी छ ।
यो पनि पढ्नुहोस
वाणगंगामा महिलाको हत्या, थप अनुसन्धान चल्दै
प्रतिक्रिया