काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् । नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो ।…