काठमाडौं ।मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ । बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । मनाङले अब उपाधिका लागि शनिवार सुदूरपश्चिम–११ सँग…