काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेस संसदीय समितिको बैठकले सातवटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको चुनावमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो । बैठकले ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल…