बुटवल ।लुम्बिनी प्रदेशसभा सदस्यबाट आइतबार राजीनामा दिएका एमाले सांसद दृगनारायण पाण्डेलाई कांग्रेस–माओवादी गठबन्धनले राष्ट्रियसभाको ६ जेठमा हुने उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने भएका छन् । विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाका तर्फबाट साझा उम्मेदवार बनाउने जानकारी गराएको हो । कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले पाण्डेलाई साझा उम्मेदवार बनाउने सहमति भएको बताए…