२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

ओझेलमा पर्दै ऐतिहासिक भगवती मन्दिर

  नवलपरासी, १९ साउन । नवलपरासीको पाल्हीनन्दन गाउ‘ंपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही भगवतीको स्थापना भएको हो । नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि आठ किमी परासी महेशपुर मार्गको दायाँ भागमा…