पाल्पा ।सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै खसेको पहिरो पन्छाएर गएराति १२ बजेदेखि सडक खुलेको हो । सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाका अनुसार अझै पनि सडकमा केही हिलो भने बाँकी नै छ । हिलो तीन वटा मेसिनले पन्छाउने काम भैरहेको छ…