मायादेवी समाचार, सोलुखुम्बु, १४ साउन । जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिका–४ मा रहेको एक विद्यालयमा कक्षासँगै विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा ८ सम्म सञ्चालित वासुकी आधारभूत विद्यालयमा ३६२ विद्यार्थीलाई पाँच शिक्षकले पढाउनु परेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा एक शिक्षक बराबर ३० विद्यार्थी संख्या पर्ने भए पनि यहाँ…