काठमाडौँ ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि बीउ रोप्न सुझाएको छ । कृषि बुलेटिन सार्वजनिक गर्दै नार्कले खुमल सेतो –३, खुमल रातो–४, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकासमध्ये उपलब्ध जातको स्वस्थ बीउ आलु रोप्न सुझाएको हो । यस्तै नार्कले बालीनालीमा रासायनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो…