काठमाडौं ।नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड अब यातायात बन्द गरेरै निर्माण गरिने भएको छ । यसका लागि २७ देखि ३१ चैतसम्म दिनको ११ देखि ३ बजेसम्म र १ वैशाखदेखि १५ वैशाखसम्म राति ११ देखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको छ । यसैबीच आयोजनाले यातायात बन्द हुने समयमा सवारीसाधन रोक्ने स्थान सार्वजनिक गरेको छ ।…