भदौ ११ । भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा आठजना सुरक्षाकर्मीको ज्यान गएको छ । कश्मीरको पुलवामा जिल्लामा रहेको प्रहरी परिसरमा विद्रोही संगठनले आत्मघाती आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि त्यहाँ रहेका प्रहरीका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रहरी परिसरमा विद्रोहीले अन्धाधुन्ध गोली प्रहार गरेको र त्यसपछि आत्मघाती आक्रमण गरेको प्रहरीले जनाएको…