काठमाण्डौं । सरकारद्वारा गठित उच्चस्तरिय राजनीतिक वार्ता समितिले नेत्र विक्रम चन्द विप्लव समुहलाई वार्ताको लागि बोलाएको छ । समितिले विप्लव लगायत भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहलाई वार्तामा आउन आह्वान गरेको हो । वार्ता समितिले आजबाटै सार्वजनिक रुपमा वार्ताका लागि आह्वान गर्न सबैलाई खबर गरेका संयोजक तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो…