काठमाण्डौ । मकवानपुरको हेटौँडामा जमिन भासिँदा हराएको जीप अझै भेटिएको छैन । तीन दिन खोज्दा पनि नभेटिएपछि हेटौँडा उपमहानगरपालिकाले आज बैठक गरेर अब भूगर्भविद्को सहयोग लिने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ गैरीगाउँमा अस्ति शुक्रवार दिउँसो १ बजेतिर सडक भासिँदा रोकिराखेको अवस्थामा ना ४ ख ४८३३ नम्बरको जीप जमिनमुनि पसेको थियो ।…