काठमाडौं, १५ भदौ । बुधबार मध्यरातमा भएको वर्षाका कारण काठमाडौंका बागमती, विष्णुमती लगायतका नदी र खोलाहरुमा ठूलो बाढी आएको छ । बागमतीमा बाढीले बगाएर एकजनाको ज्यान गएको छ । बागमती नदी किनारमा बाढीले बगाएर ल्याएको एउटा शव भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार बिहान सवा ७ बजे भिएस निकेतन स्कूल तीनकुने…