प्यूठान । एकताका गुमनाम जस्तै बनेको ऐतिहासिक प्युठानको भित्रीकोट दरबार पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । सरकारी लगानीबाट पर्यटकीय पूर्वाधारको विकास गर्न थालेसँगै पर्यटकको वृद्धि भएको छ । नेपालको इतिहासमा बाइसे र चौबीसे राज्यमा विभाजित नेपालका समयमा चौबीसे राज्यअन्तर्गतको शक्तिशाली मानिने भित्रीकोट राज्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको अब्बल सम्भावना बोकेको…