झापा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। उनको उपचारका क्रममा सोमबार निधन भएको हो। झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उनको निधन भएको हो। अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार खाम्याहाङको भेन्टिलेटरमा उपचार भइरहेको थियो। कोरोना संक्रमणपछि स्वास्थ्यमा जटिलता देखिएपछि उनी वैशाख १७ गते अस्पताल भर्ना भएका थिए।…