भुपाल थापा, कपिलवस्तु ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कपिलबस्तुका तीनवटै निर्वाचन क्षेत्रमा बिरासत जोगाउने कसरतमा उम्मेद्वार कस्सिएका छन् । यहाँ मुख्यतः बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार र नेकपा एमालेका उम्मेद्वारबीचमै प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि कपिलवस्तुमा मधेशवादी दलहरुको समेत राम्रो प्रभाव भने देखिन्छ । यहाँको रोचक के छ ? भने, आम निर्वाचन २०७९ मा जिल्लाका तीनवटै…