मायादेवी अनलाइन, यशोधरा । कपिलवस्तुको यशोधरा गाउँपालिका ४ पोखरभिटवास्थित काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी भएको छ। स्थानीय हजरत अलीको खेतबाट सुरु भएको आगोले २५ कृषकको गहुँबाली नोक्सानी भएको हो। कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगले आगलागी नियन्त्रणमा आएको बीओपी डंगरीका सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाले बताए। गहुँबारीमा आगलागी हुँदा स्थानीय १८…