५ पुस २०८१, शुक्रबार | Fri Dec 20 2024

संजय गुप्ताविरुद्ध मुद्धा दर्ता, नगरका कर्मचारी आन्दोलित

कपिलवस्तु ।कपिलवस्तु प्रहरीले कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय गुप्ता विरुद्ध मुद्धा दर्ता गरेको छ । उपमेयरका श्रीमानको ज्यादती विरुद्ध विगत चार दिन देखि नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । उपमेयरका श्रीमानले कर्मचारीहरुलाई थर्काउने, धम्क्याउने, गालीगलौज गर्ने, तथा आफूले भने अनुसारका योजनामा बढि मूल्यांकन गर्न दबाब दिएको भन्दै शुक्रबार देखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए…