यांगुन, ३ असोज (रासस÷एएफपी) । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उहाँले उक्त महासभामा सहभागी नहुने बताउनु भएको थियो । उहाँले उक्त सभामा आफ्नो उपस्थिति रद्द गर्नुभएको म्यानमार सरकारले गत हप्ता जनाएको थियो । तर उहाँले उक्त सभामा सहभागी हुनुपर्ने माग विश्व समुदायबाट आएको…