२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

नवलपरासी,मंसिर १७ । नवलपरासीको देवचुलीमा बसले पैदल यात्रुलाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ । ना ६ ख १३३४ नम्बरको बसले शनिबार राति देवचुली –१७ बस्ने ३५ बर्षकी माया पौडेललाई ठक्कर दिंदा पौडेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।