कपिलवस्तु ।जगदीशपुर ताल अब पन्छी आरक्ष बन्ने भएको छ । चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पन्छी आरक्ष घोषणा गर्न लागिएको हो । चरा संरक्षण गरी पर्यापर्यटनको विकास गर्दै स्थानीयलाई आय आर्जन र रोजगारीसँग जोडेर जीविकोपार्जनमा सहयोग पु¥याउने गरी पन्छी आरक्ष बनाउन लागिएको सरोकारवालाले जनाएका छन् । वन, वातावरण तथा पर्यापर्यटन विशेषज्ञ विश्वनाथ ओली र गणेशराज जोशीको…