४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

बाणगंगाले भन्योः तथ्यहिन समाचार प्रकाशित हुँदा मिडियाको विश्वसनीयता गुमेको छ



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले मंगलबार मेचिकाली राष्ट्रिय दैनिक पत्रिका र बुटवल टुडे डट कमबाट प्रकाशित समाचारको खण्डन गर्दै नगरपालिकाको गम्भिर ध्यानाकृष्ट भएको जनाएको छ । मंगलबार नै नगरप्रमुख चक्रपाणी अर्यालले एक प्रेस विज्ञप्ती जारी गर्दै तथ्यहिन समाचार प्रकाशित समाचारले स्वयम संचार गृहको विश्वासनियता प्रति नै नैतिक प्रश्न खडा गरेको जिकिर गरेका छन् ।
व्यवसायिक पत्रकारीताको नाममा गरिने यस खालका घृणित कार्यबाट यस खालका संचार गृहको छविलाई उदाङ्गो पारेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘२०८२ साल बैशाख १६ गते मेचिकाली राष्ट्रिय दैनिक पत्रिकाबाट मिति २०८२ साल वैशाख १६ गते वर्ष २५ अंक १३५ मा प्रकाशित “बाणगंगा नदीमा चरम दोहन, नगरपालिकाकै मिलेमतोमा स्काभेटर प्रयोग” शिर्षक र बुटवल टुडे डट कम अनलाईनबाट मिति २०८२ साल बैशाख १६ गते प्रकाशित “बाणगंगा नदीमा स्काभेटर आतंक, नदी दोहनमा ठेकेदार र जनप्रतिनिधिकै मिलेमतो” शिर्षकको समाचार प्रति बाणगंगा नगरपालिका नगरकार्यपालिकाको कार्यालयको गंभिर ध्यानाकृष्ट भएको छ । सत्य, तथ्य विषयलाई जनताको सामु पुर्याउने महत्वपूर्ण अभिभारा बोकेको राज्यको चौथो अंगबाट समुदायलाई नै दीग भ्रमित पार्ने, कपोकल्पित, स्वार्थ केन्द्रित, तथ्यहिन समाचार प्रकाशित हुने विषयले स्वयम संचार गृहको विश्वासनियता प्रति नै नैतिक प्रश्न खडा गरेको छ । व्यवसायिक पत्रकारीताको नाममा गरिने यस खालका घृणित कार्यबाट यस खालका संचार गृहको छविलाई उदाङ्गो पारेको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।
स्थानिय श्रोतका अनुसार भन्दै जनप्रतिनिधी, कर्मचारी र अन्य निकायहरुसंग समेत सेटिङ्गको हवला दिएको भन्दै सोही विज्ञप्तीमार्फत खण्डन गर्दै पुष्टी गर्न चुनौती दिईएको छ । नदीजन्य पद्धार्थको उत्खननको लागि वातावरणिय प्रभाव मूल्याङ्कनको प्रतिवेदन उपर नगर कार्यपालिकाको निर्णय, जिल्ला समन्वय समितिको निर्णयको आधारमा नदीजन्य पद्धार्थ ढुङ्गा, गिट्टी, बालुवा, भस्कटनिकासीका लागि सूचना प्रकाशन गरे अनुरुप विद्युतिय बोलपत्र प्राप्त भई छनौट भएका बोलपत्रदातालाई वातावरणिय प्रभाव मूल्याङ्कनको आधारमा आवश्यक मेशिनरी औजारको प्रयोगको लागि संझौता गरिएको र सोही बमोजिम नदीजन्य पद्धार्थको उत्खनन् तथा निकासी भएको विज्ञप्ती मार्फत स्पष्ट पारिएको छ ।
‘बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि नदीजन्य पद्धार्थको ठेक्का बन्दोबस्ती गर्ने प्रयोजनको लागि नदीजन्य पद्धार्थ व्यवस्थापन कार्यविधि २०७५ को दफा ९ को उपदफा ८ बमोजिम राष्ट्रिय वन, राष्ट्रिय निकुञ्ज, आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षण क्षेत्र, वातावरण संरक्षण क्षेत्र तथा चुरे श्रृंखला र अन्य सम्बन्धित क्षेत्र बाहेकको हकमा स्वीकृत प्रारम्भिक वातावरणिय परीक्षण वा बातावरणिय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएका मेसिनरी औजार मात्र प्रयोग गर्नुपर्ने भन्ने व्यवस्था भए बमोजिम नदीजन्य पद्धार्थको उत्खननको लागि वातावरणिय प्रभाव मूल्याङ्कनको प्रतिवेदन उपर यस नगर कार्यपालिकाको निर्णय, जिल्ला समन्वय समितिको निर्णयको आधारमा नदीजन्य पद्धार्थ ढुङ्गा, गिट्टी, बालुवा, भस्कटनिकासीका लागि सूचना प्रकाशन गरे अनुरुप विद्युतिय बोलपत्र प्राप्त भई छनौट भएका बोलपत्रदातालाई वातावरणिय प्रभाव मूल्याङ्कनको आधारमा आवश्यक मेशिनरी औजारको प्रयोगको लागिसंझौता गरिएको हो । सोही बमोजिम नदीजन्य पद्धार्थको उत्खनन् तथा निकासी भएको यसै विज्ञप्ती मार्फत स्पष्ट पार्दछौं,’ उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरप्रमुख अर्यालले विज्ञप्तिमार्फत संचार गृह र संलग्न संचारकर्मीलाई जिम्मेवारपूर्वक समाचार प्रकाशित गर्न र तथ्य हिन समाचार खण्डन गरी सत्य, तथ्य समाचार प्रकाशित गर्न आग्रह गरेका छन् । अन्यथा नगरपालिका कानूनी बाटो अवलम्बन गर्दै कानूनी कार्वाहीमा जाने उनले चेतावनी दिएका छन् ।
‘संचार गृहबाट पटक पटक आफ्ना व्यक्तिगत स्वार्थ सिद्ध हुन नसक्दा नगरका पदाधिकारी, कर्मचारी प्रति लक्षित गरी दूरासयपूर्ण, व्यक्तिको जीवन प्रति आँच आउने गरी, तथ्यहिन, बदनियतपूर्ण, समाचार प्रकाशित गरी समुदायमा भ्रम श्रृजना गर्न उदूत केही मिडियाको यस खालका गैर जिम्मेवारपूर्ण कार्यको निन्दा एवम् भ्रर्सना गर्दछौं । ती संचार गृह र संलग्न संचारकर्मीलाई जिम्मेवारपूर्वक समाचार प्रकाशित गर्न र तथ्य हिन समाचार खण्डन गरी सत्य, तथ्य समाचार प्रकाशित गर्न आग्रह गर्दछौं । अन्यथा नगरपालिका कानूनी बाटो अवलम्बन गर्दै कानूनी कार्वाहीमा जाने व्यहोरा यसै विज्ञप्ती मार्फत प्रष्ट पार्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १७ बैशाख २०८२ बुधबार ००:००  ९ : २९ बजे