१३ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025

रुपन्देहीमा सेवाग्राहीसँग घुस लिने सईमाथि भ्रष्टाचार मुद्दा



काठमाण्डौ ।

सेवाग्राहीसँग घुस लिने रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक (सईं) खिमबहादुर खड्कामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

सई खड्काले भारतबाट दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले खड्कालाई घुस रकमसहित पक्राउ गरेको थियो । उनीमाथि घुस रकम बराबरको बिगोसहित सजायको माग गर्दै आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०८२ मंगलबार ००:००  ७ : १६ बजे