बाबुराम रायमाझी, वाणगंगा ।
स्टोमा फाउन्डेसन नेपालको सहयोग एवम वाणगंगा नगरपालिकाको समन्वय तथा सिद्धार्थ सामाजिक विकास केन्द्र र प्रगति आपसी सहयोग समूहको आयोजनामा तीनदिने विशेष तालिम संचालन भएको छ। वाणगंगा–९ मा रहेका विभिन्न आपसी सहयोग समूहका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त तालीम वडा कार्यालयको सभाहलमा आयोजित गरिएको छ ।
तालीमको उद्घाटन सत्रमा वडाध्यक्ष कमल पौडेलले सहभागी महिलाहरूलाई सम्बोधन गर्दै तालीमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष पौडेलले ूयो तालीम नेतृत्व विकास र संस्थागत सुदृढीकरणको दिशामा महत्वपूर्ण हुनेछ, तर यसको सार्थकता भनेको सिकेका कुरालाई व्यवहारमा लागू गर्नुमा निहित छ।ू
तीन दिनसम्म सञ्चालन हुने तालीममा नेतृत्व विकाससम्बन्धी सत्र गीता भुसालले सहजीकरण गर्नु भयो भने संस्थागत विकास सम्बन्धी सत्र इन्दिरा भट्टराईले गर्नु भएको थियो भने बचत तथा कोष व्यवस्थापन सम्बन्धी प्रशिक्षण शोभा आचार्यले प्रदान गर्नु हुनेछ ।
तालीममा वाणगंगा ९ का विभिन्न आपसी सहयोग समूहका ४२ जना महिलाको उल्लेखनीय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा स्टोमा फाउन्डेसन नेपाल अन्तर्गत सिद्धार्थ सामाजिक विकास केन्द्रका सहजकर्ता भावना सेन र मञ्जु भट्टराईले प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सहजीकरण भूमिका निर्वाह गरेका छ्न ।साथै स्थानीय महिलाको क्षमता अभिवृद्धि र सामूहिक नेतृत्वमा सशक्तिकरणको उद्देश्यले आयोजना गरिएको यो तालीमले सहभागीहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
प्रतिक्रिया