३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको ज्यान गयो



दाङ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भगवती शर्माको निधन भएको छ । उहाँका श्रीमान् तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यको गएको वैशाख ८ गते निधन भएको थियो ।

किरिया बसेकै अवस्थामा भगवतीको आज बिहान निधन भएको स्थानीय विनोद शर्माले जानकारी दिनुभयो ।

भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ श्रीमान् आचार्य आफैले आफैलाई गोली हानेको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८२ शनिबार ००:००  ४ : १६ बजे