३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

गुल्मीको कालीगण्डकीमा भोलिदेखि विद्यालय सञ्चालन गर्न निर्देशन



काठमाण्डौ ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाले भोलिदेखि पालिकाभित्रका विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले हिजो विज्ञप्ती निकालेर भोलिदेखि अनिवार्य रूपमा विद्यालय खोल्न निर्देशन दिनुभएको हो ।

अध्यक्ष थापाले विद्यालयमा शिक्षक उपस्थिति नहुने भएमा राजीनामा दिन वा सरुवा भई जानका लागि समेत निर्देशन गर्नुभएको छ ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा लामो समयदेखि भइरहेको शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य र विद्यालयको पठनपाठनमा समस्या भएको भन्दै अनिवार्य विद्यालय खोलेर नियमित पठनपाठन सञ्चालन गर्न अध्यक्ष थापाले निकालेको विज्ञप्तीमा आग्रह गरिएको छ ।

महासङ्घको नेतृत्वमा गएको चैत २० गतेदेखि काठमाण्डौमा सडक आन्दोलन हुँदै आएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालयका कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।

शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू ठप्प भएका छन् । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा परीक्षाफल प्रकाशनका साथै नयाँ भर्ना अभियानसमेत प्रभावित बनेको छ ।काठमाण्डौ – गुल्मीको कालीगण्डकी गाउँपालिकाले भोलिदेखि पालिकाभित्रका विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले हिजो विज्ञप्ती निकालेर भोलिदेखि अनिवार्य रूपमा विद्यालय खोल्न निर्देशन दिनुभएको हो ।

अध्यक्ष थापाले विद्यालयमा शिक्षक उपस्थिति नहुने भएमा राजीनामा दिन वा सरुवा भई जानका लागि समेत निर्देशन गर्नुभएको छ ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा लामो समयदेखि भइरहेको शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य र विद्यालयको पठनपाठनमा समस्या भएको भन्दै अनिवार्य विद्यालय खोलेर नियमित पठनपाठन सञ्चालन गर्न अध्यक्ष थापाले निकालेको विज्ञप्तीमा आग्रह गरिएको छ ।

महासङ्घको नेतृत्वमा गएको चैत २० गतेदेखि काठमाण्डौमा सडक आन्दोलन हुँदै आएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालयका कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।

शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू ठप्प भएका छन् । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा परीक्षाफल प्रकाशनका साथै नयाँ भर्ना अभियानसमेत प्रभावित बनेको छ । काठमाण्डौ – गुल्मीको कालीगण्डकी गाउँपालिकाले भोलिदेखि पालिकाभित्रका विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले हिजो विज्ञप्ती निकालेर भोलिदेखि अनिवार्य रूपमा विद्यालय खोल्न निर्देशन दिनुभएको हो ।

अध्यक्ष थापाले विद्यालयमा शिक्षक उपस्थिति नहुने भएमा राजीनामा दिन वा सरुवा भई जानका लागि समेत निर्देशन गर्नुभएको छ ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा लामो समयदेखि भइरहेको शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य र विद्यालयको पठनपाठनमा समस्या भएको भन्दै अनिवार्य विद्यालय खोलेर नियमित पठनपाठन सञ्चालन गर्न अध्यक्ष थापाले निकालेको विज्ञप्तीमा आग्रह गरिएको छ ।

महासङ्घको नेतृत्वमा गएको चैत २० गतेदेखि काठमाण्डौमा सडक आन्दोलन हुँदै आएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालयका कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।

शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू ठप्प भएका छन् । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा परीक्षाफल प्रकाशनका साथै नयाँ भर्ना अभियानसमेत प्रभावित बनेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२ शनिबार ००:००  १० : ०९ बजे