३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिना निष्कर्ष सकियो



काठमाडौं ।
सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थितशिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो।

वार्तामा सहभागी नेपाल शिक्षक महासंघका प्रतिनिधिले आफ्ना सबै माग पूरा हुनुपर्ने अडान सरकारसँग राखेपछि निष्कर्ष ननिस्किएको बताइएको छ।

वार्ता गरी निस्कने क्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने निर्णय भएको प्रतिक्रिया दिए। तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उनले बताए। वार्तासँगै आन्दोलन पनि जारी राख्ने उनले बताएका छन्।

शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका थिए। सरकारको तर्फबाट नवनियुक्त शिक्षामन्त्री पन्त र शिक्षासचिव दिपक काफ्ले तथा महासंघको तर्फबाट अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलन शिक्षकहरू सहभागी थिए।

प्रकाशित मिति : १३ बैशाख २०८२ शनिबार ००:००  १० : ०१ बजे