१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

युरोप पठाउने भन्दै नेपाल ल्याएर ठगी गरेको आरोपमा पाँच बंगलादेशी नागरिक पक्राउ



काठमाडौं ।

युरोपका विभिन्न देशहरू पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा सोही देशका पाँच जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ५० वर्षीय मोहमद मुस्ताफिजुर रहमान, ४१ वर्षीय मोहमद फर्साद हुसैन चौधरी, ४६ वर्षीय अबु युसुफ एमडी हान्सिफ र ४० वर्षीय अजिम मोलिक छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।

उनीहरूले अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायतका देशहरूमा पठाउने भन्दै नेपाल ल्याएर ठगी गरेको आरोप छ । प्रतिव्यक्ति ३ हजार ५ सय अमेरिकी डलर लिएर आउन भन्दै नेपाल बोलाएर उनीहरूले ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए ।

यो समूहले १३ बंगलादेशी नागरिकबाट ४५ हजार ५ सय अमेरिकी डलर लिएर ठगी गरेको बताइएको छ । यसैगरी यो समूहले अहिलेसम्म ३८ जनालाई ठगी गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२ बिहिबार ००:००  ८ : ०७ बजे