काठमाण्डौ ।
धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबालिका मृत भेटिएका छन् ।
धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार सुशील साहका ६ वर्षीय छोरा आदित्य, छोरीहरू ४ वर्षीया आकृति र २ वर्षीया आरुसी मृत फेला परेका हुन् । ३० वर्षीया आमा पविता साहको अवस्था गम्भीर छ । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया