तिलोत्तमा ।
रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका तीनै जना बालक मृत फेला परेका छन् । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान थप दुई जना बालकको शव खोजेर निकालेको हो ।
सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव फेला परेको हो । उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।
टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानभन्दा २० मिटर पर बाट दुई बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए । बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।
प्रतिक्रिया