गीता अर्याल ।
देशको शिक्षाक्षेत्र हाल गम्भीर मोडमा उभिएको छ। शिक्षामन्त्री विद्या भट्राईको अप्रत्याशित राजीनामापछि शिक्षाको भविष्य झन् अन्योलमा परेको छ। सडकमा आन्दोलनरत शिक्षकहरूको बढ्दो सक्रियता, विद्यालयहरूमा परेको असर र सरकारको मौनताले अब यो विषय मात्र शैक्षिक नभई राष्ट्रिय चिन्ताको विषय बनेको छ।
राजधानीको माइतीघरदेखि बबरमहलसम्म यतिबेला शिक्षाको आवाज गुञ्जिएको छ। हातमा प्लेकार्ड, मुखमा नारा र आँखामा संघर्षको चमक बोकेका शिक्षकहरू भन्छन्— “सुधारात्मक शिक्षा नीति बिना हामी कक्षा कोठामा फर्किन्नौं।” तर, नारा र भावनाभन्दा पर, आम जनमानसमा भने प्रश्नहरू उब्जिएका छन्— के शिक्षकहरूको आन्दोलन वास्तवमै शिक्षाको हितका लागि होरु कि व्यक्तिगत लाभको चासो मात्ररु
शिक्षकहरूको मुख्य माग शिक्षामा समावेशी, पारदर्शी र दीर्घकालीन नीति निर्माण हो। उनीहरू भन्छन्, सरकारले शिक्षालाई राजनीति गर्ने माध्यम बनाएको छ, जसले शिक्षाको गुणस्तर खस्किएको छ। तर यस आन्दोलनले अर्को प्रश्न पनि खडा गरेको छ—नीति बनेपछि के शिक्षकहरूले आफूबाट अपेक्षित जिम्मेवारी पुरा गर्न सक्छन्रु
यदि शिक्षकहरू तयार छन् भने नीति किन ढिलाइ भइरहेको छरु र यदि सरकारसँग स्पष्ट रणनीति छैन भने आन्दोलनको जिम्मेवारी कोले लिनेरुदेशभरका हजारौं सामुदायिक विद्यालय बन्द हुँदा सबैभन्दा बढी मार विद्यार्थीमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरुआतमै कक्षाहरू ठप्प हुँदा अभिभावकहरू चिन्तित छन्। राजधानीकी एक अभिभावक सविता पोखरेल भन्छिन्, “शिक्षक सडकमा छन्, विद्यार्थी घरमा छन्—शिक्षा भने बिचमै अलप भएको छ।”
कुन किताब पढ्नेरु कुन कक्षाको सिलेबस लागू हुनेरु शिक्षक नै विद्यालय नफर्किँदा विद्यार्थीको सिकाइ कसरी सुनिश्चित गर्नेरु यी प्रश्नहरूको जवाफ सरकारसँग छैन, शिक्षकसँग विश्लेषकहरू भन्छन्, शिक्षकहरूको आन्दोलन शिक्षाको जग बलियो बनाउने प्रयास पनि हो, तर आन्दोलनको शैली, समय र प्रभावका बारेमा गहिरो सोच आवश्यक छ। शिक्षाविद् डा। नारायण पौडेलका अनुसार, “शिक्षकहरूले उठाएका मुद्दा गम्भीर छन्, तर आन्दोलनको प्रभावमूल्य पनि गम्भीर छ—विशेषतः विद्यार्थीका लागि।”
यदि सरकारले शिक्षकको मागअनुसार नीति बनायो तर सुधार देखिएन भने, के शिक्षकहरू जिम्मेवार हुने छन्रु मूल्यांकनको कठघरामा सरकार मात्रै उभिने कि शिक्षक पनिरु अब शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउने दायित्व साझा हुन जरुरी छ—शिक्षक, सरकार, अभिभावक र विद्यार्थी सबैको।शिक्षा भनेको भविष्य निर्माण गर्ने क्षेत्र हो, न कि सस्तो लोकप्रियता कमाउने हतियार। यदि शिक्षा पुनः राजनीतिमा अल्झियो भने हार्ने त केवल विद्यार्थी मात्र होइनन्, हार्नेछ सिंगो राष्ट्र।
प्रतिक्रिया